आज जापानका सम्राटको राज्याभिषेक, राष्ट्रपति भण्डारी सहभागी हुने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ५, काठमाडौं । आज हुने जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । राज्याभिषेक कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार नै जापान पुगिसकेको छ ।

जापानका ५९ सम्राट नरुहिताको शासन मे १ बाटै शुरु भएपनि यो विश्वलाई नयाँ सम्राटको शासन शुरु भयो भने औपचारिक जानकारी दिने कार्यक्रम हो ।राज्याभिषेक कार्यक्रममा १ सय ९० वटा देश तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने जापान सरकारले जनाएको छ । जसमा राज्याभिषेक, भोजको आयोजना गरिने छ ।

प्रतिक्रिया दिनुहोस