सामजबादी पाटी पश्चिम नवलपरासीका ३२ जना नेपाल कम्युनिष्ट पार्टि ने.क.पा. प्रवेश

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • विमल भट्टराई /ईन्दिरा विश्वकर्मा ,सुनवल

कार्तिक ४, सुनवल । पश्चिम नवलपरासीमा सामजबादी पाटीका पाल्हिनन्दन गाउपालिका नवलपरासिका ३२ जनाले सोमबार एक कार्यक्रमका विच नेपाल कम्युनिष्ट पार्टि ने.क.पा. प्रवेश गरेका छन् ।

सोमबार नेपाल कम्युनिष्ट पार्टि ने.क.पा.सुनवल नगरकमिटिद्धारा आयोजित कार्यक्रममा पाल्हिनन्दन गाउपालिका समाजवादी पार्टिका राम कुमारी कोहार ,बृद्धि कुमारी हरिजन लगाएत ३० जनाले नेपाल कम्युनिष्ट पार्टि ने.क.पा. प्रवेश गरेका हुन् ।

सोही अवसरमा कार्यक्रमलाई संबोधन गर्दै प्रदेश नं ५ का प्रदेश सदस्य सुर्य प्रसाद न्यौपानेले नव आगन्तुक सदस्यहरुलाई यो अवसर पाल्हिनन्दन गाउपालिका मात्र नभई समग्र जिल्लाको निम्त पनि अवसर भएको बताउनुभयो छ । साथै ओझेलमा परेको मधेसी समुदायको विकास ,एकल महिला,ज्येष्ठ नागरिक लगाएत हेपुवा चेपुवामा परेका पिछडिएको समुदायलाई समानुपातिक समावेशिताका आधारमा राज्यले विशेष अधिकार का साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

न्यौपानेले जसरी एक महिने बृद्ध भत्ताले सरकारको अन्तिम सम्ममा ५००० पुर्याउने योजनामा छौ त्यसैगरी अबको ५ बर्ष भित्रमा विकास निर्माणको सवै प्रक्रिया सगै विकास हुदै गर्दा यस्को लामो असर देखिने बताउदै उहाँले सामजिक न्यायको सिद्धान्तमा राष्टपति देखि प्रधानन्याधिस सम्मको सरकारमा महिलाको सहभागिता र निर्णय गर्ने अधिकार ४० प्रतिशत हुनुपर्ने र क्षमता विकास गरी आफनो कानुन आफै बनाउने ठाउँमा महिलालाई पुर्याने कम्युनिष्ट पार्टिको निती अनुसार महिलामा सहभागितामा जोड दिदै आएको बताउनुभयो ।

जिल्ला सचिवालय सदस्य तथा सुनवलनगर ईन्चार्ज विमला अर्यालले महिला दलित सर्वहारा र पिछडावर्गको निम्ति हिजोको सरकारले के कति काम गर्यो र हालको सरकारले के कस्ता काम गरिरहेको छ ,छुट्यान जरुरी रहेको आजको आवश्यकता रहेको बताउदै उहाँले कत्तिपनि दुविधामा नपरि समाज रुपान्तरण र जनताको पक्षमा काम गर्ने पार्टिलाई रोज्न सवैलाई आग्रह गर्नुभएको छ ।

जिल्ला पार्टि सचिवालय सदस्य थान प्रसाद गैरेले केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार तिन तहमै रुचाईएको देशकै शक्तिशालि पार्टि नेपाल कम्युनिष्ट पार्टि भएको बताउदै उहाँले कम्युनिष्ट पार्टि जनताको विचमा र जनताको हितमा काम गर्ने पार्टि र्भएको बताउनुभएको छ । नव आगन्तुक पार्टि प्रवेश गरेका सदस्यहरुलाई शुभकामना दिदै गैरेले पार्टि र जनताको हितको निम्ति आफु सदैव लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पार्टि जिल्ला सचिवालय सदस्य तथा पाल्हिनन्दन गाउपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले पार्टि प्रवेश गरेका नव आगन्तुक सदस्यहरुलाई समाज परिर्वतनको लागी नेतृत्व गर्न सक्ने सक्षम नेता बन्न उत्पे्ररित गरिने बताउनुभएको छ । विपक्षि पार्टिहरुले कम्युनिष्टलाई धरापमा पार्न कोसिस गरिरहेका अवस्थामा सवै एकजुट हनुपर्ने बताउनुभएको छ ।

पार्टि जिल्ला सचिवालय सदस्य तथा पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक को अध्यक्षता एंव प्रदेश नं ५ का प्रदेश सदस्य सुर्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा ५ नं प्रदेश नेपाल कम्युनिष्ट पार्टि ने.क.पा. सुनवल नगरकमिटिको कार्यालय सुनवलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पाल्हिनन्दन गाउपालिका पार्टि सचिव सुरेश प्रसाद गुप्ताको स्वागत मन्तब्य र पार्टि प्रवेश गर्नुभएका नव आगन्तुक सदस्यहरुको तर्फबाट राम कुमारी कोहारले मन्तब्य राख्नुभएको थियो ।

पार्टिका नगर सचिव वीर बहादुर वि.क. ले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टि जिल्ला कार्यालय सदस्य ,जिल्ला सचिवालय सदस्य पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस