चिलीको कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक  ४ ,चिली ।  चिलीमा एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार स्यान्टिएगोमा विरोध प्रदर्शनको लहर चलिरहेका बेला लुटेराहरूले राजधानी नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु भएको छ ।

मुख्य सहरहरूमा कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छ । मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म प्रतिविम्बित भएका छन् ।

शुक्रवार उनले देशका पाँचवटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेपनि देशभर प्रदर्शन जारी छ । आइतवार लुटपाट र आगजनी निरन्तर भयो र प्रदर्शनकारीहरूले थप बस जलाए, मेट्रो स्टेसनहरूमा तोडफोड गरे र दङ्गा प्रहरीसँग झडप गरे ।

प्रतिक्रिया दिनुहोस