३ सय करोडमा फिल्म ‘वार’

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक  ४,एजेन्सी । बलिउड नायक ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको फिल्म ‘वार’ले ३ सय करोडको आँकडा छोएको छ ।

उक्त फिल्मको बजेट १५० करोड हो । २० करोड प्रचार खर्च सहित १७० करोडमा तयार भएको फिल्मले ३ सय १० करोड भारतीय बक्स अफिसबाट कमाउने अनुमान गरिएको छ ।

फिल्मले भारतबाट वितरकलाई १४० करोड फिर्ता दिने निश्चित छ । साथै, ओभरसिजनमा ९० करोड कमाई गरेको फिल्मले वितरकलाई ४० करोड फिर्ता दिनेछ ।

टेलिभिजन र डिजिटल राइट्स १५० करोडमा विक्री भएको चलचित्रको म्यूजिक राइट्स १० करोडमा विक्री भएको थियो । समग्रमा निर्माताले १७० करोड चलचित्रबाट फाइदा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस