राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक  ४ ,काठमाडौँ  । जापानका सम्राटको सम्राट् नोरुहितोको शुभराज्याभिषेको विशेष समारोहमा सहभागी हुन जापान पुग्नुभएका राष्ट्रपति विद्यादेबी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ ।

आज बिहान टोकियोस्थित स्टेट गेष्ट हाउस आसाका प्यालेसमा शिष्टाचार भेटवार्ता भएको हो ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी उच्चपदस्थ पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषे भोलि कात्तिक ५ गते स्थानीय समयानुसार अपराह्न १ः०० बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस