धरान मा हुने चलचित्र महोत्सवको तयारी तीव्र , सम्पर्क कार्यालय स्थापना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • बिनोद दर्नाल, खबर24नेपाल समाचारदाता

कार्तिक ३, धरान ।  कार्त्तिक २१-२४ गते सम्म हुने हुने प्रादेशिक चलचित्र महोत्सव को तयारी तीव्र भएको छ । महोत्सवको बारेमा जानकारी दिन आईतवार सुनसरी  उधोग बाणिज्य संघ धरान  को सभाहल मा  पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

प्रदेश १ सरकार मुल आयोजक तथा धरान उपमहानगरपालिका र स्विस बिकास नियोग आयोजक रहने चलचित्र महोत्सव तयारी का लागि मानानीय मुख्यमन्त्री शेरधन राइ को अध्यक्षतमा निर्देशक समिती, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की को अध्यक्षतमा मुल आयोजक समिती  र प्रदेश सरकारका मुख्य सचिवको संयोजकत्वमा व्यवस्थापना समिती गठन भएको छ । मुल आयोजक समितिमा चलचित्र क्षेत्र ,उधोग व्यबसायी ,सन्चार जगतका , सामाजिक क्षेत्र लगाएतको प्रतिनिधित्व रहेको संयोजक मुख्य सचिव सुरेश अधिकारी ले जानकारी दिनु भयो । साथै आज नै सुनसरी उधोग बाणिज्य संघ धरान मा संपर्क कार्यलय समेत् उदघाटन गरिएको छ ।

महोत्सवमा सास्कृतिक पहिचान र विविधता समेत झल्कने डकुमेन्ट्री र आर्टिस्टिक नुमाफुङ्ग, झोला सहित्  २१ वटा चलचित्र प्रदर्सन हुने छ जसमा ३ वटा स्विस चलचित्र रहने बताइएको छ। चलचित्र  निशुल्क हेर्न पाउने छन भने २१ गते उदघाटन हुने भएपनी को-को कलाकारहरुको उपस्थिती हुन्छ भन्ने कुरा भने खुलेको छैन । सो अवसरमा प्रदेश १ मा रहेर चलचित्र क्षेत्र र कला क्षेत्र लाई योगदान गर्ने १५ जना  कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । २०७० सालमा पनि धरानमा चलचित्र महोत्सव भएको थियो । यस बर्षको महोत्सव भने प्रदेश को पर्यटन मा सघाउ पुग्ने  विश्वासत रहेको आयोजकको भनाइ रहेको छ ।पछिल्लो समयमा चलचित्र निर्माताहरूको आँखा धरानमा पनि पर्न थालेको छ । धरान मुख्यचौकमा रहेका घण्टाघर, एसियाकै उत्कृष्ट मानिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर, बुढासुब्बा, दन्तकाली तथा पिण्डेश्वर मन्दिरलगायतका क्षेत्रमा केही चलचित्र छायांकन पनि भएका थिए । शेरबहादुर, शरद्का पातहरु, लाउरे, पिरती, बलिदान, भाउजू, माझीदाइ, रोमियो एन्ड मुना, नोभेम्बर रेनलगायत थुप्रै चलचित्रको लोकेसन धरान बनेको छ । यहाँको भूगोल, वातावरण र सामाजिक परिवेश पनि फिल्ममैत्री भएकाले पनि यहाँको लोकेसन परेको जानकार बताउँछन् । यसरी चलचित्र छायांकन भइरहनु धरानका लागि सुखद् हो भने फिल्म महोत्सव हुनु पनि सुखद् हो । यसले आम दर्शकसम्म पस्कने र यसले धरानको पर्यटन, आर्थिक वृद्धि, सामाजिक विकास साथै प्रवद्र्धनमा सहयोग पुग्नेछ ।

यसअघि २०७० मा नेपाल चलचित्र विकास बोर्डले धरानमा राष्ट्रिय चलचित्र महोत्सव २०७० आयोजना गरेको थियो । जेठ १५ देखि १७ गते तीन दिन महोत्सव आयोजना भएको थियो । महोत्सवमा एक सयभन्दा बढी वरिष्ठ फिल्मी कलारकार, अभिनेता, अभिनेत्री, कलाकार, निर्माता, निर्देशकहरू काठमाडौंबाट सहभागी थिए । पत्रकार सम्मेलन मा बोल्दै अध्यक्ष कार्किले  प्रदेशका कुन ठाउँलाई चलचित्रको नगरी बनाउने, छायांकन स्थलको पहिचान, चलचित्र छायांकन स्थलको निर्माण तथा प्रदेशका जातजातिको विविधता झल्काउने काम महोत्सवले गर्ने विश्वाश व्यक्त गरे , साथै महोत्सव पछाडि चाडै नै छायांकन नगरि घोषणा गरी भौतिक निर्माण थाल्ने बताउनु भयो । महोत्सव सफल बनाउन कुनै पनि कसर बाँकी नराख्न र सबै भन्दा उत्तम काम गर्न समिती र  धरान का , सम्पूर्ण तह र तप्का मा रहनु भएका धराने बासिलाई आग्रह गर्नु भयो ।पत्रकार सम्मेलन पत्रकार का अलावा  धरान का अग्रज कलाकारहरु, बिभिन्न संघ संस्था का प्रतिनिधि, जनप्रतिनिधी हरु समेतको उपस्थिती रहेको थियो ।   महोत्सब चलचित्र बिकास बोर्ड को समेत सहकार्यमा हुने भने पनि बिबिध कारण सहकार्य गर्न नसकिएको आयोजक  ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस