नेपाल-भारत सीमा नाका २ दिनको लागि बन्द, सोमबार बेलुका मात्र खुल्ने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

कात्तिक ३, बाँके । विधानसभा निर्वाचनका लागि भारतको उत्तर प्रदेश राज्यमा हुने विधान सभाको निर्वाचन शनिबार बेलुका ६ बजे देखि नेपालको सीमा जोडिएको उत्तर प्रदेशको बहराइच जिल्लामा बलाह विधानसभामा भोलि सोमबार विहान देखि मतदान सुरु हुने भएको छ ।

मतदान सम्पन्न भएपछि सोमबार बेलुका ६ बजेदेखि सिमानाका पून:सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। हालै सम्पन्न नेपाल-भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीको बैठकमा समेत भारतमा हुने विधानसभाको निर्वाचन सुरक्षाको विषयमा छलफल भएको थियो। सिमाक्षेत्रमा एक-अर्का देशमा निर्वाचन हुने भएपनि सुरक्षाका कारण मतदान हुनुभन्दा दुई दिन अघिदेखि नै सीमानाका बन्द हुने गरेको छ ।सिमा बन्दबारे जिल्ला प्रशासन कार्यालयले औपचारिक जानकारी गराएको छ ।

यता सशस्त्र प्रहरी ३० नम्बर गण बाँके प्रहरी प्रमुख एसपी दिपक अधिकारीले भारतमा हुने बिधान सभा निर्वाचनलाई दुबै देशका सुरक्षा प्रमुखको बैठक बसी निर्णय गरि सुरक्षा ब्यबस्था कडाइ गरेको जनाएका छन ।

 

प्रतिक्रिया दिनुहोस