मनाङमा अमेरिकी नागरिकको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, मनाङ । ट्रेकिङका लागि थोरङपास हिडेका विदेशी नागरिकको मनाङमा मृत्यु भएको छ । मृत्यु हुने विदेशी अमेरिकी नागरिक रहेको प्रहरीले जानकारी दियो । मनाङको डिस्याङ गाउँपालिका ७ टंकीमा उनको शव फेला परेको हो ।

मृतकको पुरा नाम स्टेफन भोन एस स्मिथ रहेको प्रहरीले जानकारी दियो । उनको पासपोर्ट नम्बर ६४६०२७४५ रहेको छ । ६५ वर्षीय स्मिथको हृदयघातको कारण मृत्यु भएको प्रहरीले खुलाएको छ । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस