महरालाई पुनः अदालत लगिँदै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि महरालाई अदालत लगिन लागेको हो ।

जबरजस्तीकरणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई जिल्ला अदालत काठमाडौँले २८ असोजमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

पछिल्लोपटक थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि म्याद थपका लागि महरालाई प्रहरीले आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो ।

जबरजस्तीकरणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस