सीप बिकास तालिमपछिको योजना खै ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • राम बहादुर बिश्वकर्मा

बेरोजगार युवालाई स्वरोजगार हुने अवसर प्रदान गर्न र रोजगारीका लागि युवाहरुलाई सहज बनाउने उद्देश्यले सरकारले युवाहरुलाई छोटो अवधिको सीप विकास तालिम सञ्चालन गर्न निकै ठूलो धन राशि खर्च गरेको पाइन्छ। प्युठान जिल्लाका स्थानीय सरकार तथा विभिन्न गैरसरकारी सस्थाको आयोजनामा कयौं हजारौ युवालाई यसरी तालिम प्रदान गर्दै आएको छ।

यस्ता तालिमपश्चात् उनीहरु आफैंले रोजगार सृजना गर्न सक्छन् वा सक्दैनन्, यसमा सरकारको भूमिका के हुने भन्ने विस्तृत योजनाविना नै यस्ता तालिम सञ्चालन गरिएको छ। यस्ता तालिम युवाका लागि बिगतका समयमा प्रदान गरिएका तालिम के कति उपलब्धिपुर्ण भए र अब पनि यस्ता तालिम कत्तिको उपलब्धिमूलक हुन्छन, त्यो बिषयमा गम्भीरतापुर्ण तरिकाले बुझ्न आबश्यक देखिन्छ ।

स्थानीय निकायको सहयोगमा सामान्य पढेलेखेकालाई विभिन्न तालिममा सहभागी गराएर यस्ता तालिम प्रदान गरिनु सरकारको यो कार्यलाई सराहनीय मान्नै पर्छ । तर स्थानीय सरकारलाई बलियो बनाउन त्यहाँ उत्पादन भएका युवाहरुलाई आफ्नै स्थानीय तहमै रोगजारीको व्यवस्था गर्न तालिम सञ्चालन गरि स्वरोजगार तालिमको योजना हेर्दा अति उपयोगी देखिन्छ । यस्ता तालिममा धेरैको सहभागी हुदै गरेको छ र उनीहरुले केही मात्रामा भए पनि सीप सिकेका छ्न । तर प्रशिक्षार्थी छान्दा दलीय प्रभाव उत्तिकै भएको पाइन्छ।साथै यस्ता तालिम खाली बजेट सक्ने र आफ्ना कार्यकर्तालाई अलमल्याउने खेलजस्तो भएको सबैलाई जगजायर नै छ ।

घरेलु तथा साना उद्योग विकास कार्यालय विभिन्न स्थानीय तह बाट दिएका यस्ता तालिममा उपलब्धी भने शून्य देखिएको छ। करोडौंको लगानीमा उद्यम विकास तालिम दिइए पनि तालिम पछि काम नगर्ने प्रवृत्तिले लगानी उपलब्धविहीन बनेको पाइन्छ।

जनतेन युवायुवतीहरु लाई तालिममा सहभागी गराउने तर प्रमाण पत्र बुभेपछि नत तालिम प्रदायक सस्थाले वास्था गर्छ नत तालिम सीप हासिल गरेका ब्यक्तिले चासो दिएको हुन्छ। तालिमबाट ज्ञान लिएकामध्ये केहीले काम गरेको भएपनि कति जना युवाहरुलाई तालिम प्रदान गरियो, कति जनशक्ति तयार भए र कति स्वरोजगारी भैई आत्मनिर्भर भए भन्ने बारे सम्बन्धित कार्यालयमा सायत तथ्यांक पनि नहोला ।

यसरी तालिम दिएपछि सम्बन्धित संस्थाहरुले अनुगमन तथा मुल्याङ्गकन नगर्दा करौडौँ रकम बालुवामा पानी हालेजस्तै हुने गरेको सरोकारवाला बताउँछन्।
यस्ता निकायहरुले आरन व्यवसाय,सिलाइकटाइ,फलफूल प्रशोधन, बाँस निकाला, मोबाइल मर्मत,बुटिक , पलम्बर वाइरिङ्ग लगायतका थुप्रै तालिम प्रदान गर्दै आए सँगै विभिन्न किसिमका औजार र सामाग्री समेत वितरण समेत गर्दै आएको छ।

अहिलेसम्मकै परिपाटी भनेको यस्तै चल्दै आएको छ उनिहरुको वास्तविक इच्छाशक्ति, लगानी ,व्यावसायिक योजना , बजारीकरण आदि इत्यादिको बारेमा तालिम भयोकी भएन तालिम तालिमको लागि मात्र सिमित छ , युवाहरू आत्मनिर्भर भएका छन तिनिहरुको अहिलेसम्मको तथ्यांक कहाँ छ? सीप बिकास तालिम लिनुपुर्ब उद्यमशिलता तालिम आबश्यकता बोध हुन नसकी सिधै सीप बिकास तर्फ युवाहरूलाई सहभागी गराउने परिपाटी यसको कारक तत्व हो।

तालिम प्रदान गर्ने निकायले यस्ता युवाहरुले तालिम लिइसकेपछि उनीहरुले आफ्नै साधन–स्रोतबाट स्वरोजगार बन्न सक्ने अवस्था छ कि छैन ? तालिमपछि उनीहरुले हात बाँधेर बस्नुपयो भने सरकारले ठूलो रकम खर्च गरेर दिएको तालिमको के औचित्य ? त्यसैले तालिम दिएर मात्र हुँदैन, त्यसपछि पनि उनीहरुलाई साधन–स्रोत जुटाइदिने र उनीहरुबाट उत्पादित सामानको बजार व्यवस्था सरकारले गरिदिनुपर्छ ।

विषेश गरी स्थानीय तहमा रहेका बेरोजगार युवालाई स्वरोजगार बनाउन तालिम सञ्चालन गर्दै आएपनी यसको आउट्पुट के देखियो? सबैको ध्यान जान जरुरी छ।

प्रतिक्रिया दिनुहोस