प्रशिक्षक अल्मुताइरीद्वारा पद त्यागको घोषणा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै अल्मुताइरीले पद त्यागको घोषणा गरेका हुन् ।

अल्मुताइरीले नेपाललाई साफको फाइनलमा पुर्राएर इतिहास रचेको र फाइनल आफ्नो अन्तिम खेल भएको बताए ।

‘मैले साफमा इतिहास बनाए । मैले एसिया कपमा छनोट गराए । आज नेपालले मात्र हैन दक्षिण एसियाली क्षेत्रले नेपाली टिमसँग गर्व गर्छ,’ प्रशिक्षक अल्मुताइरीले भने, ‘फाइनल खेल नेपाली राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ । म त्यसपछि नेपाल फर्किन्न ।’

प्रतिक्रिया दिनुहोस