भरुवा बन्दुक सहित १ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, डोटी । प्रहरीले डोटीबाट भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले जोरायल गाउँपालिका-२ डाडाँखाली बस्ने ३० वर्षीय बिशाल दर्लामीलाई १ थान भरुवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई घरभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस