तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, नवलपरासी(पूर्व) । प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले विनयी त्रिवेणी गाउँपालिका-३ देउराली टाँडी बस्ने ५४ वर्षीय बेद प्रसाद सुनारको कुखुरा फार्ममा तास खेलिरहेको अवस्थामा सुनार लगायत ७ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

उक्त फार्ममा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४ हजार ५ सय ५५ रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस