चाडपर्वमा सिमामा उच्च सुरक्षा सतर्कता अपनाउन सिडियो र एसपीको निर्देशन

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, दाङ । भारतसँग जोडिएका सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताए । भारतसंग जोडिएका सीमाक्षेत्रका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए ।

महान चाड दसैँ, तिहार तथा छठ पर्बलाई लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको बताए ।

चाडपर्वको बेला भिडभाड हुने स्थल, आर्थिक कारोबार हुने बैँक, वित्तीय संस्था जस्ता ठाउँमा प्रहरीले विशेष निगरानी राखेको छ । साथै धार्मिकस्थल, भिडभाड हुने ठाउँमा पाकेटमार तथा अन्य अपराध हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस