गोरखामा जीप दुर्घटना हुदाँ १४ जना घाइते

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलवार बलेरो जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खस्दा १४ जना घाइते भएको हो ।

घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ । सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस