हत्या गरेको अभियोगमा पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, भोजपुर । प्रहरीले आफ्नै श्रीमतीकाे हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेकाे छ । प्रहरीले आफ्नै श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान पक्राउ गरेको हाे ।

फराछेतरले आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई साल्पासिलिछो गाउँपालिका-५ बाखुबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस