टोखाबाट अवैध लागूऔषध सहित ३ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौं । प्रहरीले अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ गरेकाे छ । टोखा नगरपालिका-११ वमप्लाजा डेरा गरी बस्ने सिन्धुली दमौली घर भएका ३५ वर्षीय यादव कार्की समेत ३ जनालाई करिब ८४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, नेपाली नगद ४४ हजार ६ सय र भारतीय नगद ४ हजार ९ सय सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस