दाङका एसपी काफ्लेको नाम बेचेर प्रति ट्याक्टर ३० हजार घुस माग्ने ३ जना घुमुवा प्रहरी कार्वाहीमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्लेले आए देखि कानुन बिपरित गलत काम गर्ने जो कोही पनि कार्वाहीमा परेका छन । यस्तै तुलसीपुरमा बालुवा गिट्टी ओसार्न दिने सर्तमा ट्रयाक्टर ब्यबसायीसंग प्रति ट्याक्टर ३०/ ३० हजारको दरले घुस खाएको उजुरी एसपीको कानमा परे पछि तुलसीपुर क्षेत्रमा कार्यरत ३ जना साधा पोशाकका प्रहरीहरु (देबेन्द्र मल्ल) (कर्न वली) (जमान खड्का) लगाएत जिल्लामा कार्वाहीको लागि तानिएका छन्

स्रोतका अनुसार ४/५ जना ट्रयाक्टर ब्यबसायीबाट बालुवा गिट्टीको अबैध तस्करी गर्ने दिने सर्तमा केही घुमुवा प्रहरीले दाङका एसपी सुरेश काफ्लेको नाम बेचेर पैसा असुलेका थिए ।
एसपीको नाम गलत ढंगले भजाएर आँफूहरु संग रकम असुलेको ब्यबसायीको मौखिक गुनासोको आधारमा उनीहरुमाथि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङमा तानिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

ती प्रहरी अधिकारीले कसुर पुष्टि भए बिभागिय कारबाही देखि जागिरबाटै निकाल्ने सम्मको कारबाही हुन सक्ने संभावना रहेको बताए ।

तुलसीपुर क्षेत्रबाट यसअघि पनि सर्वसाधारणको गुनासोको आधारमा घुमुवा प्रहरीलाई जिल्ला तानेर बिभागिय कारबाही गरिएको ती प्रहरी अधिकारीले जानकारी दिए ।

दाङ जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा एसपी सुरेश काफ्ले जिल्लामा आएपछि गलत काम गर्नेहरुलाई धमाधम कारबाही सुरु गरिएको ती प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस