सप्तरीबाट सात केजी चाँदी सहित एक पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, सप्तरी। सप्तरीबाट सात केजी चाँदीका गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहबाट करिब ७ केजी चाँदीका विभिन्न गहनासहित मोरङ रंगेली नगरपालिका ९ बस्ने २६ वर्षीय उमेश बिकलाई पक्राउ गरेको हो ।

भारदहस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उमेशलाई अवैध रुपमा लिई हिँडेको उक्त चाँदीका गहनासहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस