अजिङ्गरको उद्धार

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

असोज २०, कञ्चनपुर । दोधरा चाँदनी नगरपालिका–१ भूमिराजटोलबाट सशस्त्र प्रहरीले मङ्गलबार आठ फिट लामो अजिङ्गरको उद्धार गरेको छ । स्थानीय बासिन्दाको घरआँगनमै अजिङ्गर देखेपछि सशस्त्र प्रहरीलाई खबर गरेका हुन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बयलबन्दबाट खटिएको टोलीले अजिङ्गरको जीवितै उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेन्जर कविराज बोहराको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो । उद्धार गरिएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा छाडिएको छ ।

प्रतिक्रिया दिनुहोस