बिगतदेखि बर्तमान राजनीतिमा एक रोचक प्रसङ्ग, आखिर फाइदा कसलाई ?

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

कुरा २०३४ सालतिरको हो । राष्ट्रिय मेलमिलापको नीति लिएर पटनाबाट नेपाल फर्किने बित्तिकै बीपीलाई पक्रनू भन्ने आदेश आयो । तुलसी गिरी प्रधानमन्त्री थिए । बीपीलाई पक्रयो । उनी र गणेसमान सहितलाई महाराजगन्जको प्रहरी तालिम केन्द्रमा राखियो ।

बीपी क्यान्सरबाट ग्रस्त थिए । उनी सिरियस भएपछि उनको रेखदेखको लागि खटाइएका डा. मृगेन्द्रराज पान्डे र डा. दिनेशनाथ गोङलले तत्काल राम्रो ठाउँमा नलगे बचाउन सकिन्न भन्ने लागि तात्कालिन राजा वीरेन्द्रलाई उनको उपचार गरिनुपर्नेबारे सुझाव दिए र नेपालमा उपचार सम्भव नभएपछि बिदेश अमेरिका लैजानुपर्ने सल्लाह दिए । तर राजा मानेनन र फेरि दुबै डाक्टरले सम्झाए कि, बीपी अमेरिकाबाट उपचार गरेर फर्केपछि गर्ने राजनीतिले केही असर गर्दैन तर जेलमा मरे भने राजतन्त्रमा झन संकट आइपर्छ सरकार भनेपछि बीपी उपचारको लागि अमेरिका जान पाएका थिए ।

प्रजातन्त्र आएपछि जनताको नाममा उद्दार अर्थतन्त्रको नीति त ल्याए तर कागजको खोष्टामा, सबैलाई समान अधिकार त भनियो तर यो अधिकार परिवार, नाता गोता, इस्ट मित्र देवता पृत्रमा र कुनै पार्टी बिशेषमा सीमित गरियो ।

त्यही समयमा राजद्रोही मुद्दा लागेका क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई हेटौडाको जङलमा लगी गोली हानी मारिएको थियो । भैरब रिसालको भोगाइबाट साभार गरिएको यो तत्कालिन अबस्थाको पत्रकारिता पेशा झन कस्तो थियो होला ! कल्पनाभन्दा बाहिरको कुरा ! राजाको अनुहार हेर्नको त के कुरा कतै कहि नकारात्मक कुरा मात्र काटेको थाहा पाइएमा तुरुन्तै जेल नेल भोग्न तयार हुनुपर्थ्यो भने त्यो राजतन्त्र बिरुद्द र परिवर्तनको मोर्चामा सामेल हुने ती राजनैतिक बहादुर योद्दाहरुलाई सलाम गर्नैपर्छ ।

तर अहिले हेर्नुहोस त, प्रजातन्त्र आएपछि जनताको नाममा उद्दार अर्थतन्त्रको नीति त ल्याए तर कागजको खोष्टामा, सबैलाई समान अधिकार त भनियो तर यो अधिकार परिवार, नाता गोता, इस्ट मित्र देवता पृत्रमा र कुनै पार्टी बिशेषमा सीमित गरियो ।

देउवा सरकार सर्वोच्चको परमादेशवाट बनेको पनि करिब ८२ दिन भइसक्यो तर अझै भागवन्डाको राजनीतिक तिक्तता र २०% केन्द्रीय सदस्य भएमा पनि दल फुटाउन पाउने अध्यादेशको नाङ्गाे नाचमा काङ्ग्रेस पार्टी र देउवाजस्ता लोकतान्त्रिक पद्दति अप्नाउने नेता फसेर मन्त्रीमन्डल गठन गर्न सकेका छैनन ।

पत्रकारहरु सहि समाचार निश्पक्षरुपमा प्रेशित गर्न प्रत्येक शब्द शब्दको मूल्य तोक्छन । स्वतन्त्रताको नाममा प्रजातन्त्र अनि प्रजातन्त्रको नाममा लुटतन्त्र लादियो । पहिला राजाको शासनमा एकल जातियताको निरन्कुशतन्त्र भनिन्थ्यो भने अहिले पनि विशेष महत्वपूर्ण ठाउँहरुमा केही जाती विशेषकै बोलवाला छ ! कुनै पार्टी सत्तामा बसिरहदा बिपक्षीको मुद्दा राष्ट्रिय चिन्तनको हुँदैन, हुन्छ त केवल सत्ताच्युत कसरी गर्ने !

पहिला जनतामा अनुशासन ज्यादा थियो र शासकहरु बलिया हुन्थे तर अहिलेका जनताहरु भने शासकले अनैतिक काम गरेपनि दवाब समूह गठन गरी यसको औषधी सडक आन्दोलन नै हो भन्ने ठान्दछन र लोकतन्त्रमा शासकले मनपरी गरेपछि शासित ब्यक्ति पनि झन लाचारी बन्न बाध्य हुँदोरहेछ । अझ अहिले जातिय समानता भनिएको छ तर ब्यबहारमा लागू भएको छैन ! केही राजनैतिक नेतृत्वपंक्ति भ्रस्टाचारको मतियार र सत्ता टिकाउने दाउमा नेपाल आमालाई बन्दकीमा राखी बिदेशीको लगौटी बन्दा अहिले गुमेको भूमी फिर्ता ल्याउन कति संकट झेल्नुपर्नेछ अझै !

देशमा अझै कोरोनाको कहर सकिएको छैन, विभिन्न देशमा राजदुतहरु खाली छन, कयौं मन्त्रालयको काम एउटा सचिबको भरमा छ । अघिल्लो सरकारले ल्याएको बिकाश बजेट र विभिन्न परियोजनाहरु सबै खारेज गरिएको छ । सचिबहरु फाइल लिएर बालुवाटार लाइन बस्न जानुपर्छ ।

अन्य विभिन्न क्षेत्रमा अघिल्लो सरकारका राम्रा या नराम्रा कामको मूल्यांकन पछिका दिनमा जनताले अबश्य थाह पाउनेछन । हालको देउवा सरकार सर्वोच्चको परमादेशवाट बनेको पनि करिब ८२ दिन भइसक्यो तर अझै भागवन्डाको राजनीतिक तिक्तता र २०% केन्द्रीय सदस्य भएमा पनि दल फुटाउन पाउने अध्यादेशको नाङ्गाे नाचमा काङ्ग्रेस पार्टी र देउवाजस्ता लोकतान्त्रिक पद्दति अप्नाउने नेता फसेर मन्त्रीमन्डल गठन गर्न सकेका छैनन ।

देशमा अझै कोरोनाको कहर सकिएको छैन, विभिन्न देशमा राजदुतहरु खाली छन, कयौं मन्त्रालयको काम एउटा सचिबको भरमा छ । अघिल्लो सरकारले ल्याएको बिकाश बजेट र विभिन्न परियोजनाहरु सबै खारेज गरिएको छ । सचिबहरु फाइल लिएर बालुवाटार लाइन बस्न जानुपर्छ । यहि समयमा अमेरिकावाट एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आइ एमसीसीको विषयलाई लिएर नेपालका विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर गएकि छन भने नेपाली काङ्ग्रेस लगाएत सत्तापक्षका गठबन्धनमा यहि विषयलाई लिएर तिक्तता मच्चिएको छ । तर देउवा, प्रचन्ड र माधवको भित्री आसय भने जसरी पनि एमसीसी पास गर्ने नै छ ।

राजाको पालामा त लोकतन्त्रबादीहरुसँग डरै डरको भूमरी नाचिरहन्थ्यो र न आफ्नो हक अधिकारको लागि बोल्नै पाइन्थ्यो न त अन्य कुरामा स्वतन्त्रताको प्रत्याभूति हुन्थ्यो । तर अहिले भने हामी सबै स्वतन्त्र छौं । यसरी स्वतन्त्र छौं भन्दै गर्दा कतै यसको नाममा बिकृतिको प्वांख त उमारीरहेका छैनौ ! यी कुराहरु नेतृत्व र जनताले बुझ्न ढिला गर्नुहुदैन किनकी आज अघोषितरुपमा गणतन्त्रमाथी देशी बिदेशी शक्तिहरुले प्रहार गर्दैछन तर हामी गणतन्त्रबादी भनेकाहरु तिनै भिडसँग मिलेर उनीहरुकै जाल प्रयोग गरि भाइरल बन्ने नाममा धमिलो पानीमा माछा मार्न तम्तयार हुंदैछौ भने आखिर फाइदा कसलाई ?

प्रतिक्रिया दिनुहोस