२५ भेडाका पाठा जले

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हँुदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् ।स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकँुडा जलेर नष्ट भएको जानकारी दिनुभयो ।

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस