राष्ट्रिय युवा संघ धरानले रक्तदान गर्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, सुनसरी । मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो ।” भन्ने नाराका साथ राष्ट्रिय युवा संघ, धरान ७, सुनसरीले रक्तदान कारयक्रम असोज १७ गते गर्दै छ । धरान उप महानगरपालिका वडा नं. ७ पानमारा बसस्टेनमा रक्तदान हुनलागेको राष्ट्रिय युवा संघका नेता ठाकुर बहादुर कार्कीले जानकारी दिनुभयो ।

कोरोना भाईरसको संक्रमण सगैं रगतको अभाब भईरहेको अवस्थामा रगतको अभाबमा कसैले ज्यान गुमाउन नपरोस भनेर रक्तदान गर्न लागेको नेता कार्कीले जानकारी दिनुभयो । कार्यक्रम असोज १७ गते शनिबार बिहान ७ बजेबाट सुरु हुने भएकाले सबैलाई रक्तदान कार्यक्रममा उपस्थित भई सहयोग गर्न आयोजकले आब्हान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस