लिलामीमा बिक्री भएको स्वाभिमान !

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

“मैले केही साथीहरुलाई भन्याछु मन्त्री खान अहिले नजाम , आफ्नै टुंगो छैन , तैपनि केही साथीहरुले दाम्लो चुडाल्ने कोशिस गर्नुभाछ ! ” माधवकुमार नेपाल ।

” चुनावमा के पी ओलीको पार्टी एक्लैले बहुमत ल्याउन सक्छ , त्यसैले बिचमा चुनावसम्मको तयारी पनि हुनसक्छ , अन्तिमसम्म हामी गठबन्धन मिलेर जानुपर्छ !” प्रचन्ड ।

” एमाले हाम्रो माउ पार्टी हो , हामी कुनैपनि हालतमा छुट्टिएर जान सक्दैनौं ” भीम रावल र सुरेन्द्र पान्डे ।

” हामीलाई अलग बनाइए पनि यो जालसांची धेरै दिन टिक्नेवाला छैन ” जसपा ठाकुर पक्ष ।

” चुनावपछि महाधिबेशन कुनैपनि हालतमा स्वीकार्य हुनै सक्दैन यो धोका हो ! यस्तो तरिकाले संगै अगाडि बढ्न गार्हो होला !” रामचन्द्र पौडेल ।

त्यसैले,

लाग्छ, नेपालका हरेक राजनीतिक दलहरु भित्र बिदेशी भेरियन्ट घुसेको या स्वदेशी यो तथ्य पत्ता लागाउन ढिला भयो भने नेपालमा गणतन्त्र धरापमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिदैन ! लाग्छ , हरेक दलका नेताहरुले आफ्नो राजनीतिक यात्रा अगडि बढाउने क्रममा कहि न कहि चुकेकै छन ! राजनीतिमा लागि सकेपछि यसको संस्कार, नैतिकता, दृढता, सहनशीलतालगाएतका केही बिशेषताहरुलाई ख्याल गर्नुको सट्टा उल्टै तिक्तता, वाकपटुता, अहंमता, तिष्णा, द्वेष, बैमनश्यता तथा कुन्ठाको बादलमा मडारिएर न आफ्नै दलको जग बलियो हुन्छ न त गणतन्त्रको पिलर नै मजवुत ! त्यसैले आज हरेक दल अझ एमालेका केही नेताहरु जो चुनावी प्रतिष्प्रधालाई अस्वीकार गरी टिके पद्दतीमा जितौरी लिन खोज्दै पद, मान र प्रतिष्ठा बोटल्ने नाममा इतिहासदेखि बिरासत कायम राख्दै आएको पार्टीलाई आज फुटको संघारमा पुर्याउन लाग्दै छन । यसले तत्काल १५ महिनाको लागि फाइदा त होला अनि ब्यक्तिगत रिसिइवीको कुन्ठा त मेटिएला तर दीर्घकालिन असर पार्टी र देशको लागि कतिसम्म पर्न सक्ला त्यसको परिणाम भविश्यले बताउला नै !

तथापि हालको लागि लिलामीमा बिक्री गरिएको यो स्वाभिमानको ब्याजबाट कस कसलाई फाइदा, नाफा , घाटा भयो त्यो त ज्योतिषीले नै जान्लान तर वास्तविकता यो हो कि नेकपा एमालेले अतीतको ५४ सालतिर फर्केर यदि हेरेन भने न रह्यो बांस न बज्यो बांसुरी पनि हुनसक्छ । तसर्थ तिक्तता र ब्यक्तिगत कुन्ठाको कारण सिंगो पार्टीलाई बज्र हानि तत्काल क्रान्तिकारी भन्नेहरुको खल्तिमा त अटिएला तर चल्तिमा आउन मुश्किल हुनेछ । बेलैमा सोचौं ।

प्रतिक्रिया दिनुहोस