चेल्सीको विजयी सुरुवात

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले विजयी सुरुवात गरेको छ । साविक विजेता चेल्सीले जेनिथ सेन्ट पिटरवर्गसलाई एक शून्यले हराएको हो ।

समूह एच अन्तर्गत भएको खेलमा चेल्सीका लागि खेलको ६९ औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोल नै पर्याप्त भयो । चेल्सीले पहिलो खेलमा तीन अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस