दैलेखमा कांग्रेस महाधिवेशनको सरगर्मीः जिल्ला सभापतिका लागि तीन नेता चर्चामा

Khabar24Nepal Author Logo..
जितेन्द्र थापा पढ्न लाग्ने समय : ३ मिनेट

भदौ २९, सुर्खेत । कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला नेतृत्व र पालिका स्तरीय सभापतिका लागि पनि कसरत सुरु भएको छ । जिल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ । जिल्लाका ९० वटा वडाहरुमा करिब १५ सय ७० जना चयन भएपनि पालिका स्तरीय प्रतिनिधि छनौटका लागि चुनावमा जानुपर्ने सम्भावना देखिएको छ ।

वडामा सर्वसम्मत रुपमा चयन भएता पनि पालिकामा चुनावको सम्भावना देखिन्छ । नेपाली कांग्रेसको आसन्र १४औँ अधिवेशनका लागि गत भदौ १८ गतेदेखि २१ गतेमा जिल्लाका ९० वडाहरूबाट करिब १५ सय ७० जना प्रतिनिधि चयन भएका छन् । ११ वटा स्थानीय तह रहेको दैलेखका सबै वडाहरूमा सर्व सहमत रुपमा प्रतिनिधि छनोट गरेको थियो । उक्त कार्यक्रम पश्चात भदौ ९ गते जिल्लाका ११ वटै स्थानीय पालिका स्तरीय प्रतिनिधि छनोटको कार्यतालिका रहेको नेपाली काँग्रेस दैलेखले जनाएको थियो ।

यसअघि भदौ २७ गते पालिका स्तरिय सभापति छनौट असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रस्तरीय अधिवेशन भदौ १० गते जिल्ला अधिवेशन हुने भनिए पनि अधिवेसन सारिएको छ । कांग्रेसले असोज ९ गतेदेखि मंसिर १३ गते सम्म गर्नेगरि १४ औँ महाधिवेसनको कार्यतालिका ल्याएको छ । महाधिवेसन नजिकिएसँगै जिल्लामा कसरत हुन थालेको छ । अधिवेसनका लागि गाउँदेखि केन्द्रसम्म सरगर्मि छाएसँगै जिल्लामा तीनजना नेता कसरतमा उत्रेका छन् । जिल्ला स्तरका नेताहरुमा दुल्लु नगरपालिका मेर घनश्याम भण्डारी,आठविस नगरपालिका ८ तिलेपाटाका भुपेन्द्र शाही र नारायण नगरपालिका ३ का मणिराम रेग्मी सभापतिका लागि दौडधुपमा लागेका छन् । असोज ९ गते प्रदेश अधिवेशन,असोज ११ गते क्षेत्रस्तरीय अधिवेशन भदौ १३ गते जिल्ला अधिवेशन १६ गते हुने नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण बिसीले बताए । ‘उनले भने वडामा निर्विरोध रुपमा होस भन्ने चाहन्छु म पनि त्यहि प्रयासमै लागेको छु ।’

११ वटा स्थानीय तह रहेको दैलेखमा पालिका स्तरीय सभापतिका लागि २२ भन्दा बढी नेताहरूको आकाङ्क्क्षी रहेको पाइएको छ । पालिकास्तरीय अधिवेशन नजिक आएसँगै सभापतिको लागि १ दर्जन आकाङ्क्क्षी नेताहरूको नाम चर्चामा आएको छ ।
पालिका स्तरीय सभापतिको तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङका कामहरूलाई तीव्रता दिएको छ । १४ औँ अधिवेशनको पालिका स्तरीय वर्तमान सभापतिहरू नै दोहोरिनु पर्ने इच्छा देखाएका छन भने पालिका स्तरमा रहने नेता कार्यकर्ताले सदरमुकाममा बसेर पालिकाको अधिवेशनमा नेतृत्व नगर्न सुझाव दिँदै आएका छन । पालिका स्तरीय सभापतिको आकाङ्क्क्षी धेरैजना देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्व सहमरुपमा नेतृत्व चयनका लागि दबाब दिँदै आएको नेपाली काँग्रेस दैलेखले बताएको छ ।

युवालाई प्राथमिकता दिनुपर्ने आवाज
वडा अधिवेशन युवालाई प्राथमिकता दिएको दैलेखमा नगर सभापतिमा युवाहरूको प्रतिनिधित्वको खोजी गर्न आवाज उठिरहेको छ ।

यति बेला पालिका स्तरमा दुल्लु नगरपालिका सभापतिका लागि लालबहादुर रावत र सूर्यबहादुर थापाको नाम चर्चामा रहेको छ । पालिकाको नेतृत्वको लागि उनीहरू नेता देखि कार्यकर्ता भेटघाटको दौडमा देखिन्छन् । दुल्लू नगरपालिकामा लाल बहादुर रावत कार्यकर्ताको मनोभावना बुझ्ने, पार्टीको लागि ज्यान दिने र जनताप्रेमी नेतृत्व अहिलेको आवश्यकता रहेको कार्यकर्ता बताउँछन ।

प्रतिक्रिया दिनुहोस