चोरी भएर अमेरिका पुगेको मूर्ति नेपाल फर्काइयो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौँ। नेपालबाट चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति फिर्ता आएको छ । कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो ।

ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७१ देखि प्रदर्शनमा राखिएको हो । मूर्ति हस्तान्तरण कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीहरूसहित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधरमण दुवेलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस