भिमफेदी बाल मन्दिरमा बाल दिवस मनाईयो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, मकवानपुर । राष्ट्रिय बाल दिवसको अवसरमा भिमफेदी बाल मन्दिरमा नेपाल बाल संगठन मकवानपुरले बिभिन्न कार्यक्रम गरि मनाएको छ। भिमफेदी गाउँपालिका ६ वडाका अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्य र बाल संगठन मकवानपुरको अध्यक्ष अशोक सारू मगरको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हाजिरीजबाफ, नृत्य, चित्रकला र फन गरी ४ वटा बिधामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा हाजिरी जवाफ तर्फ विष्णु मण्डल, ऋष्मा मगर, बासु राई र राजु थापा मगरको टिम प्रथम भएको थियो भने चित्रकलामा वासु राई प्रथम, सुमित भण्डारी द्धितिय र शान्चा जिरेल तितृय भएका थिए ।

No description available.

यस्तै नृत्य प्रतियोगितामा पुर्णिमा सी, मनिषा सार्की र पुष्पा योन्जनको टिम प्रथम, विनिशा खड्का द्धितिय र लक्ष्मण भापा तितृय भएका थिए । कार्यक्रममा नेपाल बाल संगठन जिल्ला उपसभापति दिलमाया घर्ती, सदस्य जिवन शर्मा, जनक लम्साल, मनोज प्रधान र केन्द्र प्रमुख सुरेन्द्र सापकोटाको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस