बालबालिकाका समस्या र समाधानका उपाय

Khabar24Nepal Author Logo..
खगेन्द्र अवस्थी पढ्न लाग्ने समय : ४ मिनेट

यो अनन्त संसारको विशाल जनसमुदायमा मानबिय जीवन वृद्धि बिकासका विभिन्न चरणहरुको अर्थ पुर्ण बिबिधता सङग परिचितहुने ब्यक्ती थुप्रै होलान। तर ती चरणहरु पार गर्दाका बेला भोग्नु परेका विभेद पुर्ण व्यबहारले जन्मदियको पीडा र सङघर्स सङग साइनो गास्ने ब्यक्ती सायद बिरलै भेटियलान।जसमध्ये बाल्याबस्थामा हुने हिन्सा,दुव्र्यवहारको विरुद्धमा पहिलो पटक एगलाइनटाइन जेबले बालधिकार न्याय सम्बन्धि पहिलो आवाज उठाइन र जसको फलस्वरूप सन १९८९ मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धी सम्पन्न भयो।

तरपनी पछिल्लो समयमा अन्तरास्ट्रिय र रार्ष्ट्रिय जगतमा हिंसा,शोषण,गरिबी र दुव्र्यवहार न्यूनीकरण गर्नको लागि दर्जनौं ऎन,नियमावली,सन्धी,उपसन्धी र संविधान अनुमोदन भय दर्जनौ बाल अधिकार संरक्षणका कानुन फेरिय सयौ मात्रामा बाल अधिकार संरक्षण गर्ने मुलभुत उद्देश्य लियका संघ सस्था दर्ता भयता पनि हाम्रो समाजमा विभिन्न धार्मिक,सामाजिक,आर्थिक,सास्कृतिक,लैङ्गक यबम शारीरिक तवरले बालबालिकाहरु हिंसा,शोषण र दुव्र्यवहारक सिकार बनिरहेकै छ्न।

आमाबुबाको काखमा हासिखुसी रहने र कापी किताब लियर बिघालय जाने बाल्याबस्था उमेरका बालबालिकाहरुले टुहुरो,गरिब र अपांग भइ सडकमा प्रबेश गर्न बाध्य छ्न।पारिवारिक आर्थिक अबस्था कमजोर भयका आफ्ना अभिभावक गुमायी टुहुरा बनेका जन्मसिद्द अपाङ्ग भइ पदार्पण भयका र विभिन्न दुर्घटनाबाट आफ्नो शारीरिक सन्तुलन गुमाउन पुगेका बालबालिकाहरु आज हिउदोको जाडो बर्खाको पानी नभनी सहर बजारका गल्ली गल्ली र चोकहरुमा अँध्यारो आकासमुनी ढुङ्गा,माटो र बालुवा सङग आफ्नो बालजिवन बेथित गर्न बिबस छन।कतिपय बालबालिका विभिन्न उधोग धन्दा,कलकारखाना,होटेल,रेस्टुरेन्ट र गाडिका ढोकामा बसेर बाल श्रम गरिरहेका छ्न।उनीहरुलाई शिक्षा के होरुस्वास्थ्य केहोरुथाहा छैन। भर्खर उमृटुसाइ रहेका मुनारुपी बालिकाहरु आफ्नै घरपरिवार वा नातेदारबाट बलत्कृत भयी गाउसमाजमा आफ्नो अधिकार,प्रतिस्ठा र सम्मानलाई हेपाह प्रबिर्तिले ग्रहण गरि मुटुमा ढुङ्गा राखेझै बाच्न बाध्य छिन।अपांग भयका ब्यक्तिहरुलाइ घरपरिवार देखि लियर रास्ट्रले समेत बेबास्था गरेको पाइन्छ।

नेपालको सन्दर्भमा गरिरहेका तमाम अध्ययन,अनुसन्धान र जनगणनाले बालबालिका सडकमा आस्रित जीवन बिताउनुको मुल कारण पारिवारिक हिंसा,अपाङ्गता,अभिभावक बिहिन,आर्थिक बिपन्नता,साथीसनगत,अशिक्षा, सामाजिक अबहेलना र राजनीतिक अस्थिरता नै प्रमुख कारणमा उल्लेख गरेका छन।सिबिनको सन २०१६ को यक प्रतिबेदन अनुसार ४१५ बालबालिका पारिवारिक हिंसाका कारण र २७५ बालबालिका सङतका कारण घर परिवार छोडेर सडकमा आस्रित छ्न।

बालबालिका भनेको भबिस्यको कर्णधार हो भन्छौ तर पनि हामी यो बुझ्दैनौ कि बालबालिका बर्तमानको हिस्सेदार यबम अन्सदार पनि हो भनेर।हुन त विभिन्न सरकारि यबम रास्ट्रीय अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाहरु(एनजिओ र आइएनजिओ)ले देशमा अपाङ्ग,अभिभावक बिहिन र शोषणमा परेका बालबालिकाहरुलाई उद्दार गर्ने पालन पोषण गर्ने नाम विभिन्न योजना र प्रयोजनाहरु लागू गरिरहेका छन तरपनि वास्तविक पिडित,अशक्त र गरिब परिवारका बालबालिकाहरुको उचित पहिचान गर्न नसकेर उनिहरुको अवस्था परिवर्तन गर्न सफल भयका छैनन।झन उनिहरुको नाममा ल्याइएको बजेट ८०% माथी सक्काएर २०% भन्दा नि न्यून कार्यान्वयन गरेका छन।

हिंसा,शोषण र दुव्र्यवहार खेपिरहेका अपाङ्ग अभिभावक बिहिन र गरिबिको रेखामुनि रहेका बालबालिकाहरुको कल्याण,स्वतन्त्रता र सुनौलो भबिस्य निर्माण गर्नको लागि केही उपायहरु यहा प्रस्तुत छ्न।

१. पिडित शोसित र अपाङ्ग बालबालिकाको तथ्यांक संकलन गरि ती बालबालिकाहरुको गाँस,बाँस, कपास, शिक्षा स्वास्थ्य,मनोरञ्जन र रोजगारीको जिम्मेवारी पुर्ण रुपमा सरकारले लिनु पर्दछ।

२.बाल कल्याणकारी संघ सस्थाहरुले दुर्गुम गाउँ ठाउँ पुगेर पिछडिएका बालबालिकाको पहिचान गरि आफ्नो योजना वा प्रयोजनालाइ निस्पक्ष तवरले कार्यान्वयन गर्नु पर्छ।
३.बालबालिकामाथी हुने हिंसा र अबहेलना न्यूनीकरण गर्नको लागि गाउसमाजमा जनचेतना मुलक कार्यक्रम गर्नु पर्छ।

यस्ता गतिविधिहरुले केही हदसम्म बालबालिकामा परेका समस्या समाधान गर्न र पिडामा परेकाहरुको सुनौलो भबिस्य निर्माण गर्न सकिन्छ।बालबालिकाहरुलाइ बिधालय तहमा बाल अधिकार कानुनी बिसयमा अध्यापन गराउनुपर्छ।जसमा अतिरिक्त कार्यक्रमहरुमा अर्थपुर्ण सहभागी गराइ सुखी जीवन जिउन र सुनौलो भबिस्य आफ्नो पोल्टामा पार्न सक्ने शिक्षाको बिकास गर्नुपर्दछ।बालबालिकाको शिक्षाको महत्व प्रती असजग अभिभावकहरुलाइ यसको महत्व बुझाउनु पर्दछ। बालबालिका प्रती बेवास्ता गर्ने गलत दुव्र्यवहार गर्ने९बिशेशगरि शौतेनी आमा बुबाहरु०लाई निरुत्साहित गरि उनिहरुलाइ बालबालिकाको उचित हेरचाह र अभिभावकले पूरा गर्नुपर्ने दायित्व र भुमिका निर्वाह बोध गराउनु पर्दछ।अपांग बालबालिकालाई लशित गरेर विभिन्न सन्चार माध्यमहरु द्वारा अभिमुखी र ब्यबहारिक कार्यक्रमहरु सुचारु गर्यौ भने सामाजिक परिबेसको बारेमा बोध गराउन सहज हुन्छ र बालबालिकाको ब्यक्तित्व बिकासमा टेवा पुग्दछ।

समग्रमा अन्तर्राष्ट्रिय सन्धी,रास्ट्रीय संविधान र ऎनहरुलाई पुर्ण रुपमा कार्यान्वयन गरि शिक्षामा रहेको अराजकता हटाइ सम्पुर्ण बालबालिकाहरुलाई समान शिक्षाको पहुचमा ल्याउनु पर्दछ।दिगो बिकास र सह्रशाब्दी लक्ष्यलाई पूरा गरि आर्थिक बिपन्नता र गरिबी निर्मुलिकरण गर्नुपर्छ। यी उपायहरू कार्यान्वयन गर्ने हो भने शोषण र अपाङ्ग भयर पनि मदन पुरुस्कार बिजेता झमक धिमिरे जस्ता हजारौ प्रतिभावान ब्यक्ती जन्मिन सक्छ्न। जसरी घर बलियो बनाउन जग बलियो बनाइन्छ तेसरी नै मानवको सुनौलो जीवन बनाउन बाल्याबस्था सब्बल र स्वतन्त्र बनाउनु पर्छ।जबसम्म शीस्टी प्रक्रियाका समान सहयात्री बालबालिकाहरुलाइ समान अबस्थामा राखिदैन तबसम्म युगले पायको उपलब्धि स्थिर नहुने कुरा मान्नु सकिन्छ।

प्रतिक्रिया दिनुहोस