प्रदेश २ सरकारमा नेकपा एस सहभागी हुँदै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, धनुषा । प्रदेश नं. २ मा चौथो ठूलो दलको रुपमा देखिएको नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ । सोमबार नेकपा एकीकृत समाजवादीको प्रदेश संगठन कमिटीको बिशेष बैठकले प्रदेश सभा सदस्य सत्रुधन महतोको सहभागितामा प्रदेश सरकारमा हुने निर्णय गरेको हो ।

कमिटीको बिशेष बैठकले पार्टीको प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेश सभासदस्य महतोलानाई नै रोजेका छन । पार्टीका प्रदेश अध्यक्ष धर्मनाथ साहको प्रमख आथित्यमा बसेको बिशेष बैठकले पार्टी निर्माणका सन्दर्भमा समेत छलफल गरेको छ । प्रदेशको आठ वटै जिल्लाका जिल्ला तथा पालिकास्तरीय किमिटी निर्माण गर्ने र सँगसँगै केही जिल्लाहरुको किमिटीमा पदपुर्ति गर्ने निर्णय भएको छ ।

नेकपा एमालेमा समानुपातिकसहित २१ जना प्रदेश सभासदस्य मध्ये १३ जना प्रदेश सभासदस्यले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस