स्रोत नखुलेको रकम सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, पर्सा । वीरगंज महानगरपालिका-२ बस्ने ४३ वर्षीय महमद आसिफ अंसारीलाई स्रोत नखुलेको नगद ५ लाख रुपैयाँ सहित सोही महानगरपालिका-१७ शंकराचार्य गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अंसारीले हेल्मेटभित्र ल्याएको उक्त रकम सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस