प्रदेश १ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई चयन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, मोरङ । नेकपा एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।

दलको उपनेता, मुख्य सचेतक र सचेतक छनोट अर्को बैठकले चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकले भीम आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी सोमबार नै प्रदेशसभा सचिवालयलाई दिने समाजवादीले जनाएको छ । नेकपा एमाले विभाजन भएपछि राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले एकीकृत समाजवादी रोजेका छन् ।

प्रतिक्रिया दिनुहोस