बाँकेमा बाघले मान्छे खायो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको छ । इलाका प्रहरी कार्यालय कोहपुरका डिएसपी रविन्द्र खनालका अनुसार गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो ।

आइतबार बेलुकीदेखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्था शव भेटिएको हो। केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन। मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको डिएसपी खनालले बताए ।

डिएसपी खनालका अनुसार बाघले मृतकको आधा शरीर खाइसकेको छ । अहिले पनि बाघ लास सगै रहेको डिएसपी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस