छ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, बाँके । बाँके प्रहरीले ६ ग्राम लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ बर्षकै सम्राट खत्रीलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो ।

उनीहरुको शंकास्पद गतिविधि पाइएपछि चेकजाँच गर्दा प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस