ढुङ्गामाथि हिरा फलाउने कलम बहादुरको अनौठो कृषि पेशा

Khabar24Nepal Author Logo..
जितेन्द्र थापा पढ्न लाग्ने समय : ४ मिनेट

भदौ २७, सुर्खेत । दैलेख सदरमुकामबाट पश्चिम साढे तीन घण्टाको यात्रा पछि उकालो लागियो । दोबाटोमा कलम शाहीसँग भेट भयो । यात्रा गर्दै दैलेख ठाटीकाँध स्थित मेहनती र कर्मशिल किसान उनै कलम शाहीसँग भलाकुसारी गर्दै उनकै घरसम्म पुगियो ।

टाढाबाट देखिने हरीयालीलिे नजिकै जादा आनान्दित तुल्यायो मन मष्तिस्क नै शितल तुल्यायो । चैतको गर्मिमा चैतमासमा उनले लगायका विभिन्न रुखविरुवाका पालुवा पलाएर नयाँ मुहार फेरेका रुखविरुवाका नयाँ मुनाहरुले झनै मनमोहक बनाएको थियो ।

अझ भनौ उनको वारिमा कोहिली लगायत अन्य चराचुरुङ्गिले आफ्नो बासिस्थानको थलो बनाएका छन् । चैतमासको उखरमाउलो गर्मिमा एक ओमखोरा पानि खाएर ओटाली डिलमा बस्दा कोहिलीको कुहु कुहु आवाज र न्याउलीको हृदय विदारक न्याउ न्याउ आवाजले चैतमासको गर्मिमा तातेको दिमागलाई ठण्डा आनन्दित तुल्यायो ।

उमेरले ४५ वर्ष पुगेका कलम शाहीले अहिले स्वदेशमै बसेर नर्सरी फर्म र बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । बिहान भालेको डाकोसँगै र रेडियोको विहानी सुभारम्भ धुनसँगै बिउझन्छन् उनी । र किसानले गरेको मेहनत सरकारले नदेख्दा अचम्मित हुँदै मोवायलसँगै एर्फोन जोड्दैे ‘मेरो नाम कहाँ छ, मेरो पहिचान कहाँ छ, किसानको योगदानको सम्मान कहाँ छ ’मनलाई एकछिन सोचमग्न मन बनाउँदै कलाकार शिव संगितले गायको गितमा डुब्छन् ।’

पहिले भारत गएर जिविको पार्जन गर्ने उनले भारतमा चुहाउने पसिना नेपालमै चुहाछु भनेर २०५९ सालमा ढुङ्गा माथिको बुकि डाडामाथि नजिकैबाट पानि लिएर छोडे । पानि छोडेपश्चात् सुकेको ढुङ्गे मेलामा हरियो घाँससँगै पाथि उम्रियो । त्यहि प्रेणाले उनले विभिन्न जातका रुखविरुवा उमारे । पानी फालिसकेपछि सुकेको बुकि घाँस हरियो फर्कियो । उसै दिनबाट मेहनतमा जुटेको उनी बताउँछन् ।

२०५१ सालमा कृष्णा बागबानी कृषि फलफुल तथा घाँस नर्सरी फर्म कानुनी रुपमा दर्ता गरेर बाख्रापालन र नर्सरी फर्मका अहिले कर्णालीकै उत्कृष्ट किसान पिताका रुपमा परिचित छन् । मेहनति किसान शाहीकै देखासिकि गरेर थुप्रैले कृषि पेशा अंगाल्दै आएका छ ।

आठबर्षदेखी विभिन्न किसिमका घाँस, फलफुल, तथा अमुल्य बोटविरुवाहरुको नर्सरीसँगै बाख्रापालन गर्दै आएका शाही विदेश जानेहरुका लागि एक उदाहरणीय कृषि व्यावसायका परिचय हुन । दैलेखको ठाटीकाँध गाउँपालिका १ कोसेडी स्थित आफ्नै बारिमा कृषि कर्ममा निरन्तर लागिरहेका शाहीले स्वदेशमै कृषि व्यवसायमा लामो समय विताएपछि सरकारबाट सम्मानित हुने आशा पलाउँदो रहेछ शाहीले भने ‘अन्य देशमा भएको भए सम्मानित हुने थिएँ, तर आफ्नै देशमा सम्मानित हुन सकेको छैन ।’ आफुसँग भएको ३२ रोपनी जग्गामा नर्सरी, फलफुल, तरकारीसँगै बाख्रापालन गरेका उनले मासिक ५० हजार देखि एक लाखसम्म बचत गर्दै आएको बताए । उनले मेहनत गरी कृषि व्यावसायमा लगानी गर्दापनि राज्यबाट अनुदान नपाएकोमा चित्त दुखाउँदै भने ‘सरकारले काम नगर्नेलाई अनुदान दियो, तर,

काम गर्नेले न अनुदान पाए न सम्मान ।’
मैले व्यवासाय गरेर सरकारलाई कर तिरेको छु, अहिलेसम्म कुनै अनुदान पाएको छैन । व्यक्तिगत लगानीबाट व्यावसाय गेको छु । ३२ रोपनि जग्गामा आठ बर्षदेखी विभिन्न किसिमका घाँस, फलफुल, तथा अमुल्य बोटविरुवाहरुको नर्सरीसँगै २०५१ सालबाट बाख्रापालन गर्दै आएका शाही विदेश जानेहरुका लागि एक उदाहरणीय कृषि व्यावसायका परिचय हुन । शाहीले गाउँमै जमुनापारि,बयर,खरि राजस्थानी लगायतका उन्नत जातका ६० वटा बाख्राका ३० वटा पाठापाठीसहित ९० वटा बाख्रपालेका छन् । उनले अहिले एउटाबोयरजातको बोका समेत पाल्दै आएका छन । बाख्रापालनसँगै नर्सरीबाट पनि राम्रै आम्दानी हुने गरेको शाहीले बताए ।

कर्णाली प्रदेश सरकारले व्याज अनुदानमा ऋण मिल्ने भनेपनि अहिले सम्म नपाएको दुखेसो पोखे । ‘यो ऋण भनेको सहरका धनीमानी र नेताका आशेपासेलाई मात्र पर्ने हो कि हामी गाउँघरका किसानलाई पनि हो ?’ ऋणकै लागि जिल्लामा दश चोटि गइसके उनले भने,‘बैङ्कमा जादा तपाईको जग्गा कहाँ छ नेपालगंज सुर्खेत भनेर बेैङ्कका कर्मचारीले सोध्छन् आफ्नो नत सुर्खेतमा छ न नेपालगंजमा ।’ विदेशबाट फर्किएका र नेपालमा बस्ने कृषि उद्यमीलाई विनाधितो पन्ध्र लाखसम्म कर्जा पाउने भनेपनि आफुले नर्सरी र बाख्रा फर्म राख्दा पनि नपाएको उल्टै जिल्ला धाउदा धाउदै उल्टै दश पन्ध्रहजार खर्च भएको गुनासो गरे । जिल्लाभरि विरुवा नपाएर भौतारिदै टाढाबाट बोट विरुवा र विउ लिन कोहलपुर,अछामबाट आफुकहाँ आउछन् तर नजिकका कृषिका हाकिमहरु ऋनुगमन गर्न आइदिनुस भनेर बारम्बार कल गर्दा पनि आउँदैनन् ।

नर्सरीमा लाखबढी बिरुवा
कलम शाही कर्णाली प्रदेशकै नमुना व्यावसायि हुन । उनको कृष्णा बागबानी कृषि फलफुल तथा घाँस नर्सरीमा उन्नतजातका डालेघाँस, भुईघाँस, मेहनदुलाका ४० हजार बेर्ना, इपिलैपिल ४० हजार बेर्ना, सिट्लेस २ हजार बेर्ना, भटमासे २९ हजार बेर्ना, दबदबे २ हजार बेर्ना, वडहर ३ हजार, पैंयू २ हजार, बाँस ५ साय बेर्ना, टाँकी २ हजार कोइराल ३ हाजर बेर्ना छन ।

त्यस्तै भुईघाँसमा सुपरनिपियर ५० हजार बेर्ना, थ्री निपियर, टु निपियर, थिन निपियर, गिन्नी ग्रास, पारा ग्रास, सटिया, गोटेमाला, मलाटो बदामे गरि थुप्रै चौपायाहरुले खान रुचाउने घाँस लगाएका छन ।

प्रतिक्रिया दिनुहोस