एमाले मुगु जिल्ला भेला शुरु

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ २७, मुगु । नेकपा एमाले मुगुको जिल्ला भेला सदरमुकाम गमगढी बजारमा शनिवारबाट शुरु भएको छ । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट फागुन २३ गते सर्वोच्चको फैसाला पश्चात पहिलेकै अवस्थामा पुगेको नेकपा एमाले मुगुको पहिलो पटक जिल्ला भेला शनिवार सदरमुकाम गमगडी बजारको कृष्ण चोकमा एक कार्यक्रममा बिच सभा सुरु भएको एमालेकापुर्व पार्टी अध्यक्ष डम्मर रावलले जानकारी दिए ।

उनका अनुसार जिल्लाका ४ वटै गाउँपालिका र ४५ वटै वडाका जनप्रतिनिधि, पार्टी कमिटिका पदाधिकारी, जिल्ला कमिटि सदस्य, प्रदेश कमिटि सदस्य, जनवर्गिय संगठनका पदाधिकारीहरुको सहभागितामा जिल्लाको भेला शुरु भएको हो । पछिल्लो समय पार्टीमा आएको विभाजनको समिक्षा गर्ने र पार्टीका कमिटिहरुलाई एकतावद्ध गर्न र अन्तरपार्टी निर्देशन १२ अनुसार पार्टीका गतिविधिलाई अघि बढाउन पार्टीको भेला आयोजना गरिएको कार्यवाहाक अध्यक्ष रुप बहादुर बुढाले बताए ।

भेलामा प्रमुख अतिथिको सभालाई सम्बोधन गर्दे ईन्चार्ज तथा पुर्व मन्त्री मोहन बानियाले पार्टी फुटेको होईन चोईटिएर गएको बताए । वर्षाको खोला एक पटक धेरै पानी परे पछि बौल्हान्छ अहिले आफ्नो पार्टी लाई त्यागेर समाजबादीमा रोजेका मुगुका सांसद नेताहर लाई उनले यस्तो बताएका हुन । अहिले उनीहरु लातहानेर गएका छन् भोलिका दिनहरुमा अवश्य पनि एमालेमै फर्किन्छन् बानियाले भने ।

यस्तै कर्णालीप्रदेश सभाका सदस्यदानसिंह परियार, जिल्ला समन्वय समितिकाप्रमुख, उपप्रमुख, छायानाथ रारा नगरपालिकाका उपप्रमुख सुन्ताला रोकायाप्रदेश कमिटि सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस