कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै एकमहिला सहित ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । काठमाडौंमा ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।


यस्तै चितवनमा ६२ वर्षीय पुरुष र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस