लम्कीचुहाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु भदौ २८ गतेदेखी खुल्ने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, कैलाली । लम्कीचुहा नगरपालिकामा भदौ २८ गतेदेखी नगर भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय खुल्ने भएका छन् । लम्कीचुहा नगरपालिकाको कार्यलय शिक्षा, युवा तथा खेलकुद शाखा भल्का, कैलालीले आज एक सूचना जारी गर्दै नगर क्षेत्र रहेका सम्पूर्ण विद्यालयहरू निर्धारित मापदण्ड अपनाएर खोल्न अनुरोध गरेको छ ।

लम्कीचुहा नगर शिक्षा समितिको बैठक अनुसार कोभिड १९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिको प्रवन्ध भित्र रही विद्यालयले आवश्यक निर्णय गरी जनस्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय खोल्न पाउने शिक्षा अधिकृत गौरीकान्त न्यौपानेद्धारा जारी सूचनामा भनिएको छ ।

विद्यालय सिफ्टमा वा विद्यार्थीको संख्या हेरेर एकै पटक पनि खोल्न पाउने भनिएको छ । यस्तै यातायातको साध प्रयोग गर्ने विद्यालयले सवारी साधन प्रयोग गर्दा जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपले पालना गर्नुपर्ने भनिएको छ । विद्यालयले जनस्वास्थ्यका मापदण्ड मास्क, सेनिटाइजर, थर्मलगन, भौतिक दुरी लगायतको पालना गरेनगरेको सन्दर्भमा नियमित अनुगमन गरिने पनि शिक्षा शाखा भल्काले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस