करेन्ट लागेर एक युवकको मृ’त्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं ।  नैकपास्थित सार्वजनिक जग्गामा निर्माणाधिन चन्द्रागिरी स्पोर्ट्स क्लव भवनको माथिल्लो भागमा जाँदा हाइटेन्सनले छोएर २९ वर्षीय सुरेंद्र महर्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जानकारी दिए । करेन्ट लागेपछि उनलाई तत्काल कलंकीस्थित शहिद मेमोरियल अस्पताल लगिएको थियो ।

नगरपालिकाको अनुमति बिना क्लव भवन निर्माण हुँदै थियो । अन्तिम ढलानका लागी तयारी अवस्थामा राखिएको सो भवनको माथिबाट बिजुलीको तार लगिएको छ । ढलान गर्न तयार गरिएको क्लव भवनको माथि जाँदा उनको हातले हाइटेन्सन छुन पुगेको र दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस