‘कमेडी च्याम्पियन २’ बाट हिक्मत बाहिरिए, भरतमणिसँगै विक्की र सन्तोष फाइनलमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १७ काठमाडौं ।  कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ बाट हिक्मत महरा बाहिरिएका छन्। टप ४ अर्थात सेमिफाइनमा दिएको प्रस्तुतीको आधारमा अरु प्रतिस्पर्धीभन्दा कम भोट पाउँदै उनी बाहिरिएको स्रोतले जनाएको छ।

कञ्चनपुरका हिक्मतले वाइल्ड कार्ड इन्ट्री पाउँदै पुन: प्रतिस्पर्धामा सहभागी हुने मौका पाएका थिए। तर, सेमिफाइनलबाट नै ‘कमेडी च्याम्पियन’ मा उनको यात्रा सकिएको छ। हिक्मत आउट भएसँगै भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुग्न सफल भएका छन्।

तर, कमेडी च्याम्पियनले यसबारै औपचारिक घोषणा भने गरेको छैन। कमेडी च्याम्पियनको यो हप्ता प्रसारण हुने एपिसोड छायाङ्कन भइसकेको छ।

यसअघि ताप्लेजुङका भरतमणि पौडेलले पुर्वयुवराज पारस शाहको क्यारेक्याचर गदैँ उत्कृष्ट ४ बाट बिना भोटिङ सिधै फाइनलमा प्रवेश गरेका थिए। अब फाइनलमा भरतमणि सँगै विक्की अग्रवाल र सन्तोष थापा भिड्नेछन्।

गत साता शनिवार प्रसारित एपिसोड विवादमा समेत परेको थियो। सेमिफाइनलमा बिक्कीले ‘पेन्टोमाइम’ प्रस्तुति दिएका थिए। उनको प्रस्तुती हेरेर निर्णायक सन्तोष पन्तले आफूले नबुझेको प्रतिक्रिया दिएका थिए। जसकारण पन्तको चर्को आलोचना समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस