अफगानिस्तानमा रहेका मुगालीलाई सम्पर्कमा आउन जिप्रकाको आग्रह

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११ मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले अफगानिस्तानमा रहेका मुगाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । जिप्रका मुगुले एक सुचना जारी गर्दे कामको सिलसिलामा अफगानिस्तान पुगेका मुगालीलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।

नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार मुगु घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवार मार्फत छिट्टै सम्पर्क गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । मुगु बाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिको उद्धारका लागि हामीले विवरण सङ्कलनकार्य सुरु गरेको र सम्बन्धित स्थानीय तह वा नजिकको प्रहरी चौकिमा लागि अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले विस्तृत विवरण उपलब्ध गराउनुपर्ने डिएसपि भट्राईले जानकारी दिए । जसबाट आवश्यक समन्वयतथा उद्धारमा सहजहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस