बिद्युुत नहुदा माकुराको घर बन्दै बिद्यालयका कम्यूटर

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन ३० मुगु । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिकामा रहेको एक बिद्यालयमा बिद्युुत नहुदा विद्यालयले ल्याएको कम्प्युटर माकुराको घर बन्दै बिद्यालयमा प्रयोग विहिन बनेका छन् । ७ बर्ष पहिले नेपाल सरकार संञ्चार तथा प्रबिधि मन्त्रालय तथा नेपाल दुर सञ्चार प्रबिधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यामिक बिद्यालयमा अध्यानरत बिद्यार्थिहरुलाई कम्यूटर शिक्षा संगै ईन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा डेस्टप कम्यूटर, ४ वटा सिसि क्यामरा र ईन्टरनेट सेवा सहयोग गरिए पनि उक्त बिद्यालयमा बिद्युुत नहुँदा जडान गरीएका कम्यूटर, सिसि क्यामरा, ईन्टरनेट मेसिनमा माकुरा, धमीराले जालो लगाएर लाखै मूल्यका सामान प्रयोग बिहीन भएका हुन ।

७ बर्ष पहिला विद्यालयमा बैकल्पीक सौर्य उर्जा बाट विद्यालयलाई सौर्य पाता सहितको बिधुत सहयोग गरेको थियो सोही अनुरुप नेपाल सरकार संञ्चार तथा प्रबिधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरण कम्यूटर सिसि क्यामरा लगाएतका विद्युतिय उपकरण माग गर्दा उपलब्ध भयो बिधुत सेवाको सहज पँहुच नहुदा लाखौ मुल्यका कम्प्युटर, अन्य सामग्री प्रयोग विहिन भएको विद्यालयले जानकारी दिएको छ ।
विद्यालयमा कक्षा ६,७,८ सम्म कम्यूटर शिक्षा बिषय पढाई हुने भएको विद्यार्थी लाई प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्किएका छन् । बिद्यार्थी कम्यूटर प्रयोग गर्न पाएका छैनन् । गाउका सिहं दरवार खत्याड गाँउपालिकामा बिद्युुतको ब्यावस्थाको लागी उचित बजेटको प्रवन्ध मिलाउन गाँउपालिका सँग आग्रह गरेका थियौ तर गाउपालिकाले कुनै पनि सुनाई नगरेको र विद्यालयमा आर्थिक अवस्था पनि नभएकोले कम्प्युटर जडान नभई प्रयोग विहिन हुन पुगेको बिद्यालयका प्राधानाध्यापक चन्द्र बहादुर रोकायाले बताए ।

विद्यालयमा कम्यूटर शिक्षा पठाई भएपनि कार्यालयमा रहेको कम्यूटर विद्यार्थीहरुले प्रयोग गर्न पाएका छैनन् । लामो समय सम्म प्रयोग बिहीन बनेका कम्यूटर केही त बिग्रिएका छन । पछिल्लो समयमा बालबालीकालाई अनिवार्य कम्यूटर शिक्षा आवश्यक पर्ने बजारमा चर्को शुल्क तिरी कम्प्युटर कक्षा लिनु पर्थो अब विद्यालयमा कम्प्युटर शिक्षा आए पछि बालवालिकाले यो शिक्षा सहजै रुपमा लिने आश गरेका थियौ तर विद्यालयमा ल्याईएको कम्प्युटर प्रयोग विहिन बन्दा विद्यार्थी लाई समस्या भएका अभिभावक चन्द्रविर बुढाले अवगत गराए ।

प्रतिक्रिया दिनुहोस