हेटौंडाबाट करिब ४५ किलो अवैध लागूऔषध गाँजा बरामद

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन २८ मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ बिच टोलबाट ३ वटा प्लाष्टिकको बोरामा प्याक गरी राखेको करिब ४५ किलो अवैध लागूऔषध गाँजा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

बेवारिसे अवस्थामा शंकास्पद वस्तु रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस