समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूपदार्थ दूर्व्यसनी रोकथाम तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन २८,  चितवन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत भरतपुर महानगरपालिका-४ स्थित सनराईज इङ्लिस स्कुलमा लागूपदार्थ दूर्व्यसनी रोकथाम तथा ट्राफिक सचेतना कार्यक्रम सोमबार दिउँसो सम्पन्न भएको छ ।

वडा अध्यक्ष हरी प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सोही विद्यालय र सोही स्थानस्थित विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध दूर्व्यसन, यसका असर तथा रोकथामका उपायहरू तथा सडक सुरक्षा सचेतना प्रशिक्षण प्रदान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन, विद्यालय सम्पर्क समिति, वडा समिति भरतपुर महानगरपालिका-४ तथा साझेदार स्थानीय क्लब भरतपुर-४ को सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र नारायणगढ अध्यक्ष तथा वरिष्ठ महिला अधिकारकर्मी मिना खरेल, विद्यालय व्यवस्थापन समिति, स्थानीय युवा क्लबका प्रतिनिधि र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस