सन्दीपले पाएनन् अमेरिकाको भिसा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्विकार गरेको छ ।

वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि सन्दीपले अमेरिकाको भिसा नपाएका हुन् । सन्दीपले मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको निवेदन दिएका थिए । तर, अमेरिकाले सन्दीपलाई भिसा दिन अस्विकार गरेको छ ।

सन्दीपले सामाजिक संजाल ट्वीटरमा आफुले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको बताएका छन् ।

अमेरिकी दूतावासले भिसा नदिएपछि सन्दीपले आफूलाई सीपीएल खेल्न जान गाह्रो भएको समेत बताएका छन् ।

सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । यस सिजनको केहि खेल अमेरिकामा हुनेछ ।

सन्दीपले यस सिजन बार्बाडोस ट्रिडेन्टबाट सीपीएल खेल्ने छन् । गत सिजन सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस