आजको मौसम : पश्चिमी पहाडि भू-भागमा भारी वर्षाको सम्भावना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७, काठमाडौं । आज सोमबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा र पूर्वीका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

देशको पश्चिमी पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यस्तै आज राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्व तथा मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको छ।  मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ।  मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ साथै मध्य तथा पुर्वी भू-भागमा  आंशिक बदलि रहेको छ ।

प्रतिक्रिया दिनुहोस