यमनमा पृथकतावादीलाई लक्षित गरी साउदीद्धारा हवाई आक्रमण

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, एजेन्सी । यमनमा सक्रिय पृथकतावादी समूह साउदर्न ट्रान्जिसनल कमिटी एसटीसीका लडाकुलाई लक्षित गरी साउदी अरबले हवाई आक्रमण गरेको छ ।

आदेनमा सरकारी सेनाविरुद्ध लडिरहेको एसटिसीका लडाकुलाई लक्षित गरी अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको राजधानी शहरमा हवाई आक्रमण गरिएको साउदी अधिकारीले जनाएका छन् । हवाई आक्रमणबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

सरकारसँग वार्तामा नबसे लडाकुलाई लक्षित गरी थप आक्रमण गर्ने साउदीको चेतावनी दिदैं साउदी अरबले एसटिसीलाई सरकारसँग वार्ता गर्न आह्वान गरेको छ । साउदी हवाई आक्रमणपछि यमनी सेना तथा सरकारी कार्यालयलाई लक्षित गर्न गएका एसटिसीका लडाकुहरु फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस