सांसदलाई नै ट्याक्सीले ठगेपछि….

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन् ।

बैठकमा बोल्दै उनले बुटवलबाट काठमाडौँसम्म ५ सय रुपैयाँमा बस चढेर आउन सकिने भएपनि कलंकीबाट बानेश्वर आउँदा ट्याक्सीले ६ सय रुपैयाँसम्म लिने गरेको गुनासो गरिन् ।

उनले ट्याक्सी ड्राइभरले आफूलाई मर्का परेको भन्दै ठगी गर्ने गरेको बताइन् ।

उनले भनिन्– ‘ट्याक्सी ड्राइभरले हामी मर्कामा छौँ, मिटरमा जान सकिदैनौँ भनेर गाँउबाट आएका नयाँ मान्छे र सिकिस्त बिरामी ठगिको शिकार बनाउने गरेका छन् । ट्याक्सी मर्कामा परेको छ भने छलफल गर्नुपर्‍यो, हैन भने ट्याक्सीको ठगी नियन्त्रण गर्नुपर्‍यो । यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ ?’

प्रतिक्रिया दिनुहोस