अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगिटिभ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६ , काठमाडौँ । कन्ट्याक्ट ट्रेसिङमा परेका नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । केही दिन अगाडि एक विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेका थिए ।

यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोना पोजिटिभ देखिएको र उनी अनमोल र सुहानाको फोटोसुटको दिन उनीहरुसँगै रहेकाले पनि दुई कलाकार कन्टयाक्ट ट्रेसिङमा परेका थिए । नायक केसीले भने–‘स्वाब संकलन भएपछि रिपोर्ट नआन्जेलसम्म त डर नै लागेको थियो । तर, रिपोर्ट आएपछि ढुक्क भएको छ ।  स्वाब संकलन गरिएपछि अनमोल घरमै आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस