आजको मौसम : केहि  स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २५, काठमाडौं । आज शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केहि  स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  संभावना छ । देशको पहाडि भू-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राती देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केहि  स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  संभावना छ ।देशको मध्य र पूर्वि पहाडी भू भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ। भारतको मध्य प्रदेशमा रहेको मनसुनको निम्न चापिय प्रणाली (Monsoon Depression) हाल कमजोर भइ भारतको राजस्थानमा Low Pressure Area को रुपमा मात्र रहेको छ | मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली रही देशका थारै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस